इजरायली संस्थाहरुमा साइबर चुनौती बढ्यो

 फागुन ११, २०८० शुक्रबार ६:५९:४० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - इजरायलको राष्ट्रिय साइबर निर्देशनालयले इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ । अमेरिकी कम्प्युटर नेटवर्क कम्पनिले निर्माण गरेको भीपीएन रिमोट ह्याकरको पहुँचमा फेला परेको निर्देशनालयलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

हिजो मात्रै साइबर आक्रमणका दुई वटा जोखिम पत्ता लागेकाले सुरक्षित इन्टरनेट सुविधाबारे चासो दिइएको खबरमा उल्लेख छ । ह्याकरको पहुँचमा त्यहाँको इन्टरनेट प्रणाली परेसँगै हजारौँ सङ्गठनको स्वामित्वमा रहेको झण्डै ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया