बैंकहरुले संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा बढ्यो

 फागुन ११, २०८० शुक्रबार ९:२०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपमा दिने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो । यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले कम हुनुपर्ने व्यवस्था थियो ।

यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले संस्थागत मुद्दतीमा सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत विन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो । यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने स्वदेशी तथा विदेशी मुद्राको मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा शून्य दशमलव ५ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी निक्षेप सङ्कलन गर्नुपर्ने व्यवस्था हटाइएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया