अमेरिकाको निजी कम्पनीद्वारा चन्द्रमामा अन्तरिक्षयान सुरक्षित अवतरण

 फागुन ११, २०८० शुक्रबार १२:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकाको इन्ट्युटिभ मेसिन्स नामको निजी कम्पनीले चन्द्रमामा अन्तरिक्षयान राख्ने पहिलो व्यावसायिक सङ्गठन बनेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो कम्पनीले ओडिसियस नामको रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पुर्‍याएको बीबीसीले जनाएको छ ।

रोबोटलाई चन्द्रमामा अवतरण गर्न केही समय लागे पनि पछि सुरक्षित अवतरण भएको सङ्केत पाएको यसका नियन्त्रकहरुले बताएका खबरमा उल्लेख छ । व्यावसायिक कम्पनीले चन्द्रमाको सतहमा अन्तरिक्षयान अवतरण गर्नुलाई व्यावसायिक क्षेत्रलाई मात्र नभएर समग्र अमेरिकी अन्तरिक्ष कार्यक्रमको लागि महत्त्वपूर्ण क्षण भएको उडान निर्देशक टिम क्रेनले बताउनुभएको छ ।

इन्ट्युटिभ मेसिन्सले चन्द्रमाको सतहमा अमेरिकाको आधा शताब्दीको अनुपस्थितिलाई तोडेको छ । यसअघि सरकारी कम्पनीले मात्र चन्द्रमामा अन्तरिक्षयान पठाउने गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया