केपी ओली कप फुटबल आज शुरु हुँदै, विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने

 फागुन ११, २०८० शुक्रबार १२:३३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – केपी ओली कप फुटबल आजदेखि शुरु हुँदैछ । राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा हुन लागेको फुटबल प्रतियोगिताको दिउँसो १ बजे एमाले अध्यक्ष ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।

एन्फा कमप्लेक्स सातदोबाटोमा हुने उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार सहभागी हुने कार्यक्रम छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाउने छन् ।

नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउनेछन् । 

सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा सातदोबाटोमा हुनेछन् । १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता भने दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया