ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयाे

 फागुन ११, २०८० शुक्रबार १५:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

ताप्लेजुङ – ढुङ्गाले लागेर ताप्लेजुङमा आज दिउँसाे एक जनाको ज्यान गएको छ ।

सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनमा गोरेटो बाटो बनाउने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर आम्बेगुदिनकै ५६ वर्षका कर्णबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिनुभयो । ढुङ्गाले लागेर कर्णबहादुरको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया