अस्ट्रेलियाले १ खेलअघि नै जित्याे न्युजिल्यान्डसँगकाे टी–२० क्रिकेट शृङ्खला

 फागुन ११, २०८० शुक्रबार १८:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाले न्युजिल्यान्डसँगको ३ खेलको टी–२० क्रिकेट शृङ्खला १ खेलअघि नै जितेको छ । आज भएको दोस्रो खेलमा घरेलु टोलीलाई ७२ रनले हराउँदै अस्ट्रेलियाले शृङ्खला जितेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७ ओभरमा १ सय २ रन बनाउँदा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ४२ रन बनाए । अस्ट्रेलियाका एडम जम्पाले ४ विकेट लिए ।

यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया १९ ओभर ५ बलमा १ सय ७४ रनमा अल आउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले ४५ रन बनाए । न्युजिल्यान्डका लकी फर्गुसनले ४ विकेट लिए ।

पहिलो खेल अस्ट्रेलियाले ६ विकेटले जितेको थियो । शृङ्खलाको अन्तिम खेल पर्सि हुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया