अमेरिकाको निजी कम्पनीले पठाएको यान चन्द्रमाको सतहमा अवतरण

 फागुन ११, २०८० शुक्रबार १८:११:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको निजी कम्पनी 'इन्टुइटिभ मशिन्स' ले पठाएको अन्तरिक्षयान आज बिहान चन्द्रमाको सतहमा अवतरण भएको छ । योसँगै 'इन्टुइटिभ मशिन्स' चन्द्रमामा अन्तरिक्षयान अवतरण गराउने पहिलो व्यावसायिक संस्था बनेको छ । यस्तै ५० वर्षपछि चद्रमामा अमेरिकाको पुनः उपस्थिति भएको छ ।

निजी कम्पनीले यान पठाएको भए पनि उसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पैसा दिएको हो । अमेरिकाले यसअघि अन्तिम पटक सन् १९७२ मा चन्द्रमामा यान अवतरण गराएको थियो ।

आज यान अवतरण भएको ठाउँ सूर्यको प्रकाश कहिल्यै नपुग्ने खाडल भएको क्षेत्र हो । त्यहाँ जमेको पानी हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । यानमा नासाका छ वटा उपकरण रहेका छन् । त्यसमध्ये एउटा उपकरणले चन्द्रमामा भएको धुलोको गुणबारे महत्त्वपूर्ण अध्ययन गर्ने नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया