नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा

 फागुन १३, २०८० आइतबार ६:२१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लगातार तेस्रो जितका साथ ९ अङ्क जोडेको नेपाल शीर्षस्थानमा रह्यो ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा रेखा पौडेल र गीता रानाले समान एक गोल गरे । नेपालले अब सेमिफाइनलमा पर्सि मंगलवार लेबनानसँग खेल्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ बाट समूह विजेता बनेको जोर्डन र समूह ‘बी’ को उपविजेता प्यालेस्टाइन खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया