नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हार्‍याे, पहिला ब्याटिङ गर्दै

 फागुन १३, २०८० आइतबार ९:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । कीर्तिपुर मैदानमा साढे ९ बजेदेखि शुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्नेछ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालले आज टोलीमा २ परिवर्तन गरेको छ । सोमपाल कामी र देव खनाललाई बेन्चमा राख्दै आरिफ शेख र गुल्सन झालाई टिममा समेटिएको छ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो ।

त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो भने अस्ति शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अंक छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्का साथ लिग–२ को शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया