अत्यन्तै गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि नाभाल्नीको शव बुझियो

 फागुन १३, २०८० आइतबार १२:१३:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उहाँकी आमाले बुझ्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको नौ दिनअघि आर्कटिक सर्कलको जेलमा निधन भएको थियो । रुसी अधिकारीहरुले नाभाल्नीको अन्तिम संस्कार गोप्य ढङ्गले गर्ने सहमतीमा आमालाई शव दिएका हुन् ।

अत्यन्तै गोप्य रुपमा अन्त्येष्टि नगर्ने भएमा शव जेल भित्रै गाड्ने भनेपछि त्यही शर्तमा शव लिएको नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा नाभाल्नीकी आमा ल्युदमियाले हस्ताक्षर गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया