एसीसी प्रिमियर कप : नेपाल र हङकङ एउटै समूहमा

 फागुन १३, २०८० आइतबार १५:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यही वर्ष ओमानमा हुने एसीसी पुरुष प्रिमियर कपको तालिका सार्वजनिक भएको छ ।

एसीसीले आज सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा नेपालसँगै, हङकङ, चीन, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

प्रतियोगिता आउँदो अप्रिल १२ देखि शुरु हुनेछ । नेपालले पहिलो खेलमा त्यही दिन मलेसियासँग खेल्नेछ । यस्तै नेपालले कतारसँग अप्रिल १३, हङकङसँग अप्रिल १५, साउदी अरेबियासँग अप्रिल १७ मा खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनलका लागि अप्रिल २२ लाई ‘रिजर्भ डे’ पनि राखिएको छ । प्रतियोगिताको विजेता एसीसी एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष ३ टिमले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया