चीनमा व्यावसायिक गाडीकाे बिक्री जनवरीमा ८० प्रतिशतले बढ्याे

 फागुन १३, २०८० आइतबार १५:१३:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा व्यावसायिक गाडीको बिक्रीमा निकै वृद्धि भएको छ । गएको जनवरी महिनामा मात्रै चीनमा व्यावसायिक गाडीको बिक्री ८० प्रतिशतले बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जनवरीमा चीनमा तीन लाख २४ हजार वटाभन्दा धेरै बस, ट्रकलगायतका व्यावसायिक गाडी बिक्री भएका छन् । दुई लाख ८९ हजार वटा ट्रक मात्रै बिक्री भएकाे चाइना एसोसिएशन अफ अटोमोबाइल म्यानुफ्याक्चर्सले जनाएको छ । ३४ हजार वटा बस बिक्री भएकाे पनि खबरमा उल्लेख छ ।

यस्तै बिक्री भएका तीन लाख २४ हजार वटा व्यावसायिक गाडीमध्ये ७४ हजार वटा निर्यात भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले धेरै हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया