इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई हरायो

 फागुन १४, २०८० सोमबार ६:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडलाई उल्भ्सले हराएको छ । इंल्याण्डको मोलीनक्स स्टेडियममा हिजो भएको खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको हो । उल्भ्सका लागि खेलको ३० औँ मिनेटमा पाब्लो सरवीयाले गरेको गोल नै निर्णायक बन्यो ।

उल्भ्स २६ खेलमा ३८ अङ्कका साथ  तालिकाको आठौँ स्थानमा छ । २६ नै खेल खेलेको सेफिल्ड युनाइटेड १३ अङ्कसहित तालिकाको पुछारमा छ । तालिकामा २६ खेलमा ६० अङ्क बटुलेको लिभरपुल पहिलो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया