बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए

 फागुन १४, २०८० सोमबार ६:३६:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र खारेज गरेसँगै एसियाली युवा हात्तीहरूलाई अब कब्जामा लिन र बन्दी बनाउन नपाइने भएको बीबीसीले जनाएको छ ।

यसअघि हात्तीहरुलाई घरमा पालेर सामान ओसारपसारमा प्रयोग गर्न सकिने इजाजतपत्र जारी भएकामा हात्तीहरुको शोषण बढ्न थालेपछि अदालतले इजाजतपत्र खारेज गरेको हो । पशु अधिकारवादी समूहले अदालतको निर्णयलाई स्वागत गरेका खबरमा उल्लेख छ । बंगलादेशमा मानिसहरुले हात्तीलाई पैसा माग्न र सर्कस वा सडक प्रदर्शनका लागि प्रयोग गर्दै आएका थिए ।

बंगलादेशमा अहिले झण्डै दुई सय वटा हात्तीहरू छन् जसमध्ये आधाजति कैदमा रहेका छन् । बंगलादेश एसियाली हात्तीहरूको लागि प्रमुख बासस्थान भए पनि चोरी शिकारी र बासस्थानको क्षतिले तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया