युक्रेन युद्धमा ३१ हजार सैनिकको ज्यान गयो

 फागुन १४, २०८० सोमबार ९:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – युक्रेन युद्धमा अहिलेसम्म ३१ हजार सैनिकको ज्यान गएको छ । रुस–युक्रेन युद्ध शुरु भएपछि अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकको ज्यान गएको बीबीसीले जनाएको छ । तर, घाइते भएका युक्रेनी सैनिकका बारेमा भने जानकारी दिन नसकिने राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताउनुभयो ।

उहाँले रुसलाई योजना बनाउन सजिलो हुने भएकाले घाइतेको विवरण दिन नचाहेको बताउनुभएको खबरमा उल्लेख छ । यसअघि रुसले ज्यान गुमाएका युक्रेनी सैनिकको सङ्ख्या अत्यधिक बढाएर भनेपछि यो तथ्य बाहिर ल्याइएको हो ।

रुसले एक लाख ५० हजार वा तीन लाख जनाको ज्यान गएको भनेर भ्रामक प्रचार गरेको युक्रेनको दाबी छ । राष्ट्रपति जेलेन्स्कीले ज्यान गुमाउने जति भए पनि त्यसले देशलाई ठूलो क्षति भएको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया