डलर देखाएर १० वर्षदेखि ठगी गर्दै आएका ३ जना पक्राउ

ठगी गरेको रकम मुद्दती खातामा राख्नेदेखि मिटरब्याजमा लगाउनेसम्म

 फागुन १४, २०८० सोमबार १५:८:२१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – एक गिरोहले डलर देखाएर १० वर्षदेखि ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले बाहिर डलर राख्ने र भित्र त्यही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ ।

सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सिन्धुपाल्चोक घर भई काठमाण्डौको गोकर्णेश्वर बस्ने विवी तामाङ र रौतहटको चन्द्रपुर घर भई काठमाण्डौ बस्ने फरेन एक्सचेन्ज सेन्टरका सञ्चालक शङ्कर रेग्मीको मिलेमतोमा वर्षाैँदेखि ठगी धन्दा चल्दै आएको अनुसन्धानबाट पुष्टि भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । यसरी ठगी गरेको रकम विभिन्न सहकारीमा लगेर मुद्दती खातामा राख्ने गरेको र केही रकम मिटरब्याजमा समेत लगानी गरेको भेटिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक रेग्मीले उनीहरूले १० वर्षदेखि कति रकम ठगी गरेका छन् भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको र अन्यको खोजी भइरहेको बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया