पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

 फागुन १४, २०८० सोमबार १८:२६:४१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो । पन्जाबमा नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को एकल बहुमत छ ।

गएको फेब्रुअरी ८ मा भएको आमचुनावमा सङ्घीय सरकारका लागि कुनै पनि दलको बहुमत नपुगेपछि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ प्रधानमन्त्री बन्दै हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि फेब्रुअरीको अन्तिमसम्म संसदमा चुनाव हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया