दक्षिण कोरियामा नयाँ डाक्टर भर्नाको विरोधमा डाक्टरहरूको आन्दोलन जारी

 फागुन १६, २०८० बुधबार १२:४५:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – दक्षिण कोरियाको सरकारले डाक्टरहरुको आन्दोलनका कारण एम्बुलेन्सलाई अस्पतालहरुमा छिर्न नदिएर एक ८० वर्षकी वृद्धाको ज्यान गएको भन्दै अनुसन्धान शुरु गरेको छ । हृदयघातका कारण अस्पताल ल्याउँदै गर्दा बिरामीको एम्बुलेन्समै ज्यान गएको बीबीसीले जनाएको छ ।

डेजोन सहरमा ती महिलालाई सात वटा अस्पतालमा लगे पनि स्वास्थ्यकर्मी र शय्याको अभावका कारण उपचार नगराइ फिर्ता लानुपरेको खबरमा उल्लेख छ । डाक्टरहरुको आन्दोलनसँग जोडिएको यो पहिलो मृत्युको घटना भएको सरकारले जनाएको छ । दक्षिण कोरियामा झण्डै ७० प्रतिशत जुनियर डाक्टरहरू नयाँ डाक्टर भर्नाको विरोधमा गएको हप्तादेखि आन्दोलन गरिरहेका छन् ।

यसले अस्पतालको आपत्कालीन सेवा समेत प्रभावित भएको भन्दै सरकारले आन्दोलनरत डाक्टरहरूले सार्वजनिक स्वास्थ्यलाई जोखिममा पारेको आरोप लगाएको छ । उनीहरुले प्रतिस्पर्धाको डरले थप डाक्टरहरू थप्ने सरकारी योजनाको विरोध गरिरहेका सरकारको आरोप छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया