विश्वकप छनोट : बहराइनसँगको खेलका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

 फागुन १८, २०८० शुक्रबार १५:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत बहराइनसँगको दुई वटा खेलका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनिसले ३३ सदस्यीय टोलीको घोषणा गरेका छन् । नेपालले बहराइनसँग चैत ८ र चैत १३ गते खेल्दैछ ।

प्रारम्भिक टोलीको गोलकिपरमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् ।

यस्तै डिफेन्डरमा अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ परेका छन् ।

मिडफिल्डरमा एरिक विष्ट, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लकेन लिम्बु, मनीकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ज्यु ठकुरी र उत्सव राई छन् ।

फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, राजेश परियार, समीर तामाङ र सन्जीव विष्ट प्रारम्भिक टोलीमा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया