प्रिमियर लिगमा लिभरपुलको जित : चेल्सीले बराबरी खेल्यो

 फागुन २०, २०८० आइतबार ७:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले नटिङघम फरेस्टलाई १–० गोलले हरायो । लिभरपुलका डार्विन नुनेजले खेलको इन्ज्युरी समयको नवौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । लिभरपुलले शीर्ष स्थानमा अङ्क दुरी बढाएको छ । लिभरपुलको २७ खेलमा ६३ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ खेलमा ५९ अङ्क  छ । सिटीले आज म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ ।

हिजो भएका अरु खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई ३–१ गोलले, न्यूक्यासलले उल्भ्सलाई र फुलहमले ब्राइटनलाई समान ३–० गोलले, वेस्टह्यामले एभर्टनलाई ३–१ गोलले तथा एस्टनभिल्लाले लुटन टाउनलाई ३–२ गोलले हराएको छ । चेल्सी र बेन्टफोर्डले २–२ गोलको बराबरी खेलेका छन् ।

चेल्सीले खेलको ३५औँ मिनेटमा अग्रता बनाएको थियो । तर जोगाउन सकेन । खेलको दोस्रो हाफको ५०औँ मिनेटमा बेन्टफोर्डले एक/एकको बराबरी गर्‍याे । ६९औँ मिनेटमा चेल्सी २–१ ले पछि पर्‍याे । तर, ८३औँ मिनेटमा उसले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीसँगै चेल्सी २६ खेलबाट ३६ अङ्क जोडेर ११औँ स्थानमा यथावत् नै छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया