हङकङमा हुने त्रिदेशीय टी–२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा

 फागुन २०, २०८० आइतबार १२:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) बीच हङकङमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज रोहित पौडेलको कप्तानीमा खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा लोकेश बम फर्किएका छन् भने आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ । शृङ्खला यही मार्च ९ तारिख अर्थात् आउँदो शनिवारदेखि मार्च १३ तारिखसम्म चल्नेछ ।

आउँदो विश्वकपको तयारीस्वरुप यो शृङ्खला हुन लागेको हो । नेपालले मार्च १० मा शृङ्खलाको पहिलो खेल हङकङसँग र मार्च ११ मा दोस्रो खेल पिएनजीसँग खेल्नेछ । मार्च १३ मा शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया