शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

 फागुन २१, २०८० सोमबार १२:२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्ता गठबन्धन फेरिएपछि शेयर बजारमा आज दुई पटक सकरात्मक सर्किट ब्रेक लागेको छ । बिहान कारोबार शुरु भएको तीन मिनेटमै अघिल्लो दिनको तुलनामा ४ प्रतिशतले बढेपछि शेयर बजारमा पहिलो सर्किट लागेको थियो ।

२० मिनेटपछि कारोबार शुरु भएको एक मिनेटमै फेरि ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अहिले ४० मिनेटका लागि सेयर कारोबार स्थगित भएको छ । दोस्रो सर्किटपछि  नेप्से परिसूचक ९८ दशमलव ६९ अङ्कले बढेर २०५९ अङ्कमा पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया