सार्वजनिक जग्गा अतिक्रमणको सूचना दिन जिल्ला प्रशासन कार्यालय काठमाण्डाैको आग्रह

 फागुन २१, २०८० सोमबार १५:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय,काठमाण्डाैले सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको जानकारी भएमा त्यसको जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । कार्यालयले आज सूचना निकालेर सार्वजनिक जग्गा अतिक्रमण वा दुरुपयोग भएको सूचना, प्रमाण वा विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

सूचनामा देशका विभिन्न भागमा सरकारी जग्गा अतिक्रमण गरी दर्ता गरिएको, अनधिकृत भोग चलन गरेको लगायतका उजुरी परेको र त्यस्तो भएको पाइएमा दर्ता गर्ने र भोग चलन गर्नेलाई कानुनी कारबाही गरी जग्गा सरकारकै नाममा ल्याउने प्रयोजनका लागि सूचना आग्रह गरिएको छ ।

काठमाण्डाैका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले निकाल्नुभएको सूचनामा सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धि सर्पन, गौचरण, घाट लगायत जग्गाहरू कानुन विपरीत कसैले आफ्नो प्रयोग गरेको भए त्यस्तो जग्गाबारे सूचना वा प्रमाण उपलब्ध गराइदिन आग्रह गरेको हो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया