पहाडी क्षेत्रमा मौसम आंशिक बदली, अरु ठाउँमा भने सफा

 फागुन २३, २०८० बुधबार ९:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । अरु धेरैजसो ठाउँमा मौसम सफा नै रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक बदली नै रहने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा मौसम बदली र उच्च भागमा हिमपातको सम्भावना भए पनि पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया