सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख २३ हजार ५ सय रुपैयाँ

 फागुन २३, २०८० बुधबार १२:१३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । हिजोको रेकर्ड तोडेर आज नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि हिजो सुन तोलाको एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तोलामा ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपालमा पनि बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज घटेको छ । हिजो तोलामा एक हजार चार सय ४५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर एक हजार चार सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया