शेयर बजार सामान्य बढ्याे, ३ अर्ब ४५ कराेड रुपैयाँकाे काराेबार

 फागुन २३, २०८० बुधबार १५:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो ७० अङ्कभन्दा धेरैले घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै डोल्टी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले ओरालो लागेको छ ।

आज ९१ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया