घाटबेँसी बस दुर्घटना अपडेट : ज्यान गुमाएकामध्ये २ जनाको पहिचान खुल्यो

 फागुन २३, २०८० बुधबार १८:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये दुई जनाको मात्रै पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमध्ये रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ की रुबी श्रेष्ठ र काठमाण्डैको चन्द्रगिरि नगरपालिका वडा नम्बर १० की देखा पदुवारको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो । दुर्घटनामा तीन जना हराइरहेका छन् ।

घाइते भएका ४१ जनामध्ये १३ जना यात्रु उपचारपछि घर फर्किएका छन् । एक जनाको भैरहवामा र २५ जनाको काठमाण्डौमा उपचार भइरहेको डीएसपी जैसवालले जानकारी दिनुभयो ।

कपिलवस्तुबाट काठमाण्डाैतर्फ गुडिरहेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस बिहान पृथ्वी राजमार्गको घाटबेँसीबाट त्रिशूली नदीमा खसेको थियो । बस चालक रुपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका वडा नम्बर ९ का हरिराम हरिजनलाई फक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया