नवीकरण नभएका र स्वीकृति नलिइकन राखेका विज्ञापन बोर्ड हटाउने ललितपुर महानगरको तयारी

 फागुन २४, २०८० बिहिबार ९:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापन बोर्ड राख्नुभन्दा पहिला स्वीकृति लिई विज्ञापन कर तिर्न सबै सङ्घ–संस्था तथा कम्पनीलाई आग्रह गरेको छ ।

सम्बन्धित सङ्घ–संस्थाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र आर्थिक ऐन २०८० मा व्यवस्था भएअनुसार महानगरपालिकाको अनिवार्य स्वीकृति लिई विज्ञापन बोर्डहरू राख्न आग्रह गर्दै महानगरले सूचना निकालेको छ ।

महानगरले स्वीकृति लिएर विज्ञापन बोर्ड राख्नेहरूले कर तिर्न बाँकी भएमा आजको ३० दिनभित्र राजस्व प्रशासन महाशाखामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । ३० दिनपछि पनि नवीकरण नभएका वा स्वीकृती नलिई राखेका विज्ञापन बोर्डलाई महानगर आफैँले जफत गरिदिने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया