आज राति उच्च पहाडी भू–भागका केही ठाउँमा हिमपातको सम्भावना

 फागुन २४, २०८० बिहिबार ९:२८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै भू–भागको मौसम अहिले सफा रहेको छ । दिउँसो कतै कतै पहाडी भू–भागमा भने आंशिकदेखि सामान्य बदली रहने छ ।

यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागका केही ठाउँमा आज राति हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय धेरै ठाउँमा बादल हटेर आकाश खुल्दै गएकाले दिउँसोको समयमा तापक्रम बढ्न थालेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेको थियो भने आज दिउँसो अधिकतम तापक्रम २५–२७ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया