भारतसँगको पाँचौँ टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड २ सय १८ रनमा अलआउट

 फागुन २४, २०८० बिहिबार १५:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतसँगको पाँचौ टेस्ट क्रिकेटको पहिलो पारीमा इंग्ल्याण्ड २ सय १८ रनमा अलआउट भएको छ । धर्मशालामा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड आज पहिलो दिनको तेस्रो सेसनमै २ सय १८ रनमा अलआउट भयो ।

कुलदीप यादवले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए । यस्तै रविन्द्र जडेजाले एक विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलीेले एक सय आठ बल खेल्दै ७९ रन बनाए ।

यस्तै जोनी ब्रीस्टो २९, वेन डकेट २७, जोए रुट २६, बेन फोक्सले २४, सोयब बसिर नटआउट ११ र ओली पपले ११ रन बनाए । भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

भारतले एक खेलअघि नै इंल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खला जितिसकेको छ । चौथो टेस्टमा पाहुना टोलीलाई ५ विकेटले हराउँदै भारतले शृङ्खला जितेको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया