आगामी बजेटमा गाडी खरिद र विदेश भ्रमणका लागि बजेट प्रस्ताव नगर्न सरकारलाई योजना आयोगको निर्देशन

 फागुन २४, २०८० बिहिबार १८:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ— राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटमा भवन निर्माण, गाडी खरिद र विदेश भ्रमण निरुत्साहन गर्ने योजना बनाउन सरकारलाई निर्देशन गरेको छ । १८ खर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दिएको आयोगले अत्यावश्यक अवस्थामा बाहेक नयाँ भवन निर्माण र गाडी खरिदका लागि रकम प्रस्ताव नगर्न निर्देशन गरेको हो ।

यस्तै देशको प्रतिनिधित्व गरेर अनिवार्य रूपमा सहभागिता हुनुपर्ने वैदेशिक कार्यक्रम बाहेक अवलोकन, अध्ययन वा भ्रमणको नाममा वैदेशिक भ्रमणका लागि रकम प्रस्ताव नगर्न समेत आयोगले भनेको छ । प्राप्त स्रोत तथा सार्वजनिक ऋणको समुचित प्रयोग गर्दै बजेट खर्च प्रभावकारी र मितव्ययी बनाउन आयोगले सरकारलाई निर्देशन दिएको हो ।

यस्तै आयोगले राष्ट्रिय आयोजना बैङ्कमा समावेश नभएका आयोजनाका लागि बजेट विनियोजन गर्न नपाइने व्यवस्था पनि गरेको छ । यस्तै आयोगले सङ्घीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका नयाँ आयोजना कार्यान्वयन गर्न नपाउने व्यवस्था पनि गरेको छ । आयोगको निर्देशन अनुसार सरकारले संसद्मा बजेटका सिद्धान्त र प्राथामिकता सम्बन्धी प्रस्ताव दर्ता गरेको छ । संसद्मा आजदेखि प्रि-बजेटमाथि छलफल शुरु हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया