ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइसकेको शेर्पा समुदायको भनाइ

 फागुन २८, २०८० सोमबार ११:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार पर्व मनाएको बताएका छन् । सरकारले आज ग्याल्पो ल्होसार भन्दै सार्वजनिक बिदा दिए पनि शेर्पा समुदायले एक महिनाअघि नै ल्होसार मनाएको जानकारी दिएका छन् ।

शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले यसवर्ष ग्याल्पो ल्होसार र सोनाम ल्होसार गएको माघ २७ गते एकैदिन परेकोले त्यही दिन नै शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाएको उज्यालोलाई जानकारी दिनुभयो ।

त्यतिबेला प्रधानमन्त्री र सञ्चारमन्त्रीले समेत आफूहरुलाई ग्याल्पो ल्होसारको शुभकामना दिएको उहाँको भनाइ छ । गएको माघ २७ गते नै मनाइसकेको पर्वलाई अहिले बिदा र शुभकामना दिएकोमा शेर्पा समुदायले असन्तुष्टि जनाएका छन् ।

शेर्पाको संस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नगरी सरकारले पात्रोमा बिदा राखेकोमा उनीहरुको आपत्ति छ । यसवर्ष पात्रोमा गलत लेखिएकाले आफूहरुले सच्याउन आग्रह गरे पनि सरकारले बेवास्ता गरेको शेर्पा सङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया