कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरीको ज्यान गयो

 फागुन २८, २०८० सोमबार १५:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको उपचारका क्रममा ज्यान गएको छ ।

यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाइते भएका खत्रीको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा हिजो ज्यान गएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । बसका चालक नवराज गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया