राष्ट्रसङ्घले हाइटीका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता बोलायो

 फागुन २९, २०८० मंगलबार ६:४८:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – हाइटी द्रुत गतिमा अराजकतामा फस्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ रहेका आफ्ना सबै कूटनीतिज्ञलाई फिर्ता लगेको छ । हाइटीमा हिंसा बढ्दै गएको र पछिल्लो हिंसाका कारण सन् २०१० को भूकम्पपछि सबैभन्दा बढी मानवीय सङ्कटको अवस्था आएको राष्ट्रसङ्घले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

सन् २०२० देखि नै गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् । केही हप्तादेखि सशस्त्र समूहले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका हुन् । हाइटीका प्रधानमन्त्री एरियल हेनरी आफ्नो देश फर्कन नसके पछि अमेरीकी क्षेत्र पोर्टो रिको मै अड्किनुभएको छ ।

सशस्त्र समूहले अन्तर्राष्ट्रिय विमानस्थलसहित राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेर आक्रमण गरिरहेका छन् । उनीहरुले तीव्र रुपमा गोलाबारी र आगजनी गरिरहेका छन् । उनीहरुको आक्रमणमा परि कतिले ज्यान गुमाए र कति घाइते भएका छने भन्ने आँकलन गर्न नसकिएको खबरमा उल्लेख छ।

घाइतेहरुको उपचार हुन सकेको छैन । अस्पताल पुगेकाहरुले पनि स्वास्थ्यकर्मी नहुँदा सेवा लिन पाएका छैनन् । बीबीसीका अनुसार शव यत्रतत्र छरिएको र व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलन थालेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया