नेपालले पीएनजीलाई दियो १ सय ९९ रनको लक्ष्य, सन्दिप र कुशलको अर्धशतक

 फागुन २९, २०८० मंगलबार ८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । हङकङको टिन कोङ मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो ।

नेपालका सन्दिप जोराले ५६ रन बनाए । यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए । गुल्सन झा १५ रनमा नटआउट रहे । कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए ।

नेपाल आज विजयी भएमा फाइनल पुग्नेछ । पीएनजीसँग भएका पछिल्ला तीन वटै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ ।  पीएनजीले आजै हङकङसँग खेल्नेछ ।

फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टी देसाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन्।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया