सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

 फागुन २९, २०८० मंगलबार ९:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने अरु बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया