डोटीको जोरायल गाउँपालिकामा बासमती धानको व्यावसायिक खेतीतर्फ किसान आकर्षित

 फागुन २९, २०८० मंगलबार १२:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यावसायिक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल पकाएर खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यावसायिक खेती हुन थालेको हो ।

बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन् । बासमती धान विक्री गर्नका लागि बजारको पनि समस्या नभएको व्यवसायीले बताएका छन् ।स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाइ प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन् ।

किसानबाट बासमती धान प्रतिकिलो ६५ देखि ७० रुपैयामा किनेर चामल प्रतिकिलो एक सय २५ देखि एक सय ३० रुपैयाँमा बिक्री गर्ने गरेको जोरायल –४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिनुभयो । किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया