राष्ट्रिय सभा अध्यक्षको चयनको लागि प्रक्रिया शुरु

 फागुन २९, २०८० मंगलबार १२:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय सभा अध्यक्ष चयन गर्न अहिले बैठक बसिरहेको छ । अहिले बैठकमा उम्मेदवार, समर्थक र प्रस्तावकले आफ्ना भनाइ राखिरहेका छन् । अध्यक्षको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारी गरे पनि माओवादीसँगको गठबन्धन टुटेपछि शर्मालाई अघि सारेको हो । आजको राष्ट्रिय सभा बैठकअघि नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षसहित शीर्ष नेताहरुको बैठक बसेको छ ।

बैठकले गठबन्धनकै उम्मेदवार नारायण दाहाललाई विजयी गराउने सहमति गरेको छ । ५८ जना सदस्य रहेको राष्ट्रिय सभामा अध्यक्षमा निर्वाचित हुन ३० जना सदस्यको दस्तखतसहितको मत विभाजन आवश्यक पर्छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई समर्थन गर्ने माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य छन् । यसरी दलले गरेको समर्थनका आधारमा दाहालको पक्षमा ३८ जना सदस्य छन ।

विपक्षमा नेपाली कांग्रेसका १६ जना छन् । दलहरुको समर्थन हेर्दा माओवादीका उम्मेदवार दाहाल विजयी हुने देखिए पनि कांग्रेसले भने सत्ता पक्षकै सांसदहरुले फ्लोर क्रस गर्ने जिकिर गरेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया