वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने

 चैत १, २०८० बिहिबार १८:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

स्याङ्जा — वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।

नगरपालिकाका मेयर कृष्ण खाँणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । सहकारीले सम्झौताअनुसार प्रकोपको अवस्थामा बाहेक वर्षमा कम्तीमा तीन सय ५० दिन किसानको दूध खरिद गर्नुपर्ने छ ।

मेयर खाँणले दूधमा अनुदान कार्यक्रमले युवा पुस्तामा विदेशप्रतिको मोह घटाएर कृषि फार्म सञ्चालन गर्न उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाईपालक किसानलाई अधिकतम ५० हजार रुपैयाँसम्म अनुदान दिने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया