पहाडी भेगमा आंशिक बदली, अरु ठाउँको मौसम सफा

 चैत २, २०८० शुक्रबार ८:०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ– आज देशका पहाडी भेगमा आंशिक बदलीको सम्भावना रहेको छ । अरु बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनु भयो । आज मौसम बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि पानी पर्ने सम्भावना नभएको उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया