अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन शुरु

 चैत २, २०८० शुक्रबार १२:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासका लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ ।

अन्नपूर्ण प्रथम आधार शिविर र पदमार्ग क्षेत्रमा व्यवस्थित पूर्वाधार निर्माणका लागि एकीकृत गुरुयोजना बनाउन लागिएको हो । सर्वेक्षक, स्टक्ट्रचरल इन्जिनियर, पर्यटनकर्मी, भूगर्भविद्, वातावरणविद्, जनप्रतिनिधि र कर्मचारीसमेतको टोलीले स्थलगत अवलोकन, निरीक्षण गरेर गुरुयोजनाको प्रारम्भिक काम शुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृतकाे नेतृत्वमा गएको टोलीले तीन दिन लगाएर गुरुयोजनाका लागि स्थलगत अध्ययन सकेर प्रतिवेदन तयार गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया