राैतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गाेली प्रहार, ३ जना भारतीय नागरिक पक्राउ

 चैत २, २०८० शुक्रबार १५:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रौतहटमा मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका—२ मा रहेको शिव मनी ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा सञ्चालकमाथि गोली चलाएका हुन् ।

गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश शाह घाइते हुनुभएको छ । शाहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गोली चलाउने बिहारको मोतीहारीका मनिषकुमार यादव, राजाकुमार सिंह र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूको साथबाट एउटा कटुवा पेस्तोलसहित गोली बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया