काठमाण्डौ महानगरले राखेको होर्डिङ बोर्ड हटाउन चक्रपथ सुधार आयोजनाको निर्देशन

 चैत २, २०८० शुक्रबार १५:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — चक्रपथ सुधार आयोजनाले सडकमा राखेका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ । आयोजनाले सूचना प्रकाशन गरेर स्वीकृतिविना सडक सीमाभित्र राखिएका होर्डिङ बोर्ड तीन दिनभित्र हटाउन भनेको हो ।

काठमाण्डौ महानगरपालिकाले विस्तार तथा स्तरोन्नति भइरहेको चक्रपथको कलङ्की–बसुन्धरा सडक खण्डमा ‘शुरु मिति २०१२ डिसेम्बर १८ र सक्नुपर्ने मिति २०१५ अप्रिल’ उल्लेख गरी यो निर्माण कार्य काठमाण्डौ महानगरपालिका मातहत पर्दैन भन्ने व्यहोराको बोर्ड राखेको थियो ।

केही दिनअघि काठमाण्डाै महानगरका मेयर बालेन्द्र शाहले सडकमा राखिएको होर्डिङ बोर्डको तस्बिर सामाजिक सञ्जालमा राख्नुभएको थियो । अस्तव्यस्त रहेको सडकका विषयमा महानगरमा धेरै प्रश्न आएपछि यो आफूहरूको मातहत पर्दैन भनेर सूचना राखेको महानगरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया