डोटीमा हाडे ओखरलाई दाँतेमा परिणत गर्ने प्रविधिको परीक्षण शुरु

 चैत २, २०८० शुक्रबार १५:४६:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

डोटी — कृषि ज्ञान केन्द्र डोटीले पहिलो पटक परीक्षणस्वरूप ओखरमा 'टप ओर्किङ' गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ ।

'टप ओर्किङ' अन्तर्गत बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने कृषि प्राविधिकले बताएका छन् ।

दाँते भनी लगाएका ओखर हाडे निस्किएको भन्दै किसानले गुनासो गर्न थालेपछि केन्द्रले 'टप ओर्किङ' गर्न थालेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभयो । उहाँले शुरुमा परीक्षणरूप ५० 'टप ओर्किङ' गरेको बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिकासहित आदर्श र सायल गाउँपालिकामा 'टप ओर्किङ' गरेको ज्ञान केन्द्रले जनाएको छ । यो प्रविधि सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा विस्तार गर्ने कार्यालय प्रमुख अवस्थीले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया