याैन दुर्व्यवहार र चाेरी राेक्न काठमाण्डौ उपत्यकामा 'सेफ्टी पिन क्याम्पियन' लाई तीव्रता

 चैत २, २०८० शुक्रबार १८:९:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता दिएको छ ।

सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका घटना भएको गुनासो बढेपछि त्यसलाई रोक्न सुक्ष्म निगरानी गरी त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन उपत्यका प्रहरीले याे अभियानमा सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँदै आएको छ ।

उपत्यकाका विभिन्न क्षेत्रमा आठ वटा टोलीले अहिले निगरानी गरिरहेको र याे अभियानले सकारात्मक नतिजा दिइरहेको उपत्यका प्रहरीले जनाएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार आठ सय जना पक्राउ परेका छन् । उनीहरुमध्ये एक सय ७८ जनामाथि भने मुद्दा नै चलाइएको र बाँकी एक हजार छ सयभन्दा बढीलाई अब त्यस्तो व्यवहार प्रदर्शन नगर्ने सर्तमा परिवारको जिम्मा लगाएर छाडिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो ।

सादा पोसाकका प्रहरीले सुक्ष्म निगरानी गरी अवाञ्छित गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने गर्दछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया