काठमाण्डौ उपत्यकामा एक हप्तामै ट्राफिक उल्लङ्घनका १७ हजार वटाभन्दा धेरै घटना

 चैत २, २०८० शुक्रबार १८:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ — उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामै ट्राफिक उल्लङ्घनका १७ हजार वटाभन्दा धेरै घटना दर्ता भएको जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले गएको फागुन २५ देखि यही चैत १ गतेसम्म १७ हजार चार सय ६४ वटा गाडी कारबाहीमा परेको जानकारी दिनुभयो ।

यस अवधिमा तीव्र गतिमा गाडी चलाउने दुई हजार सात सय ५८ जना चालक कारबाहीमा परेका छन् । कार्यालयको तथ्याङ्कअनुसार लेन अनुशान उल्लङ्घनमा सात सय ६६, जाँड/रक्सी खाएर गाडी चलाउने छ सय ४०, रेडलाइट नियम पालना नगर्ने पाँच सय ८० र बढी भाडा लिएका नौ जना चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी काठमाण्डौ जिल्लामा मात्रै गाडी दुर्घटनाका एक सय चार वटा घटना दर्ता भएका छन् । जसमा एक जनाको ज्यान गएको छ भने एक सय नौ जना घाइते भएका छन् । ट्राफिक नियम पालना नगर्नेलाई कार्यालयले जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया