नेपालगञ्जमा भेटिएको शंकाष्पद वस्तु निष्क्रिय पारिँदै, कमाण्डो समूहले लियो जिम्मा

 कात्तिक २९, २०७५ बिहिबार १५:३:२३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जको पुष्पलाल चोकमा बुधबार मध्यान्ह शंकाष्पद वस्तु भेटिएको छ ।  

पुष्पलालको शालिकमुनि राखिएको प्लाष्टिकको झोलाभित्र बम भएको आशंकामा नेपाली सेनाको टोली पुगेर निष्कृय पार्ने प्रयास गरिरहेको छ । 

नेपाली सेनाको टोलीले पुष्पलाल चोकमा राखिएको प्लाष्टिकको झोला डोरीले तानेर नजिकैको वाटरपार्कको खाली जग्गामा पुर्‍याएको छ । वाटरपार्कमा पहिलो पटक निष्कृय पार्नेक्रममा नपड्किएको सुरक्षाकर्मीले जनाएका छन् । प्लाष्टिकको झोलाभित्र जीआई पाइपभित्र वम राखिएको छ ।

नेपाली सेनाको टोलीले दोश्रो पटक  बम  निष्कृय पार्ने  प्रयास गरिरहेको छ । नेपालगञ्जको अति व्यस्त चौकमा शंकाष्पद वस्तु भेटिएपछि  स्थानीय बासिन्दा त्रसित भएका छन् । बम राखिएको स्थान हेर्नका लागि सयौंको सङ्ख्यामा सर्वसाधारणको भिड लागेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

यसैबीच नाम नै नसुनिएको कमाण्डो समूहले बम राखेको जिम्मा लिएको छ । यसअघि खासै चर्चामा नअाएकाे याे समूहले पर्चा छरेर अाफूले बम राखेकाे बताएकाे हाे । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया