आजको मौसम : पहाडीका भेगमा सामान्य बदली

 चैत ४, २०८० आइतबार ८:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्य बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको छ । बाँकी भूभागको मौसम सफा रहनेछ । आज राति देशका धेरै ठाउँमा सामान्य बादल लाग्ने सम्भावना रहेको मौसमविद् गोन्बिद झाले जानकारी दिनु भयो ।

अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । तराईका जिल्ला सहित देशका धेरै ठाउँमा तापक्रम बढिरहेको छ । तराईमा अघिल्लो हप्ता २७ देखि २९ डिग्री सेल्सियस रहेको तापक्रम यो हप्ता दुईदेखि तीन डिग्री सेल्सियससम्म बढेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया