डेङ्गीविरुद्धको खोप विकास गरेको भारतीय कम्पनीको दाबी

 चैत ६, २०८० मंगलबार १५:१६:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको एक सरकारी संस्थाले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । हैदराबादको इन्डियन इम्युनोलोजिकल लिमिटेड (आईआईएल) ले डेङ्गीविरुद्धको खोप विकास गरेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ ।

आईआईएलका प्रबन्ध निर्देशक डाक्टर आनन्द कुमारले सबै परीक्षण पूरा गरेर लगभग दुई वर्षपछि खोप दिन शुरु गर्ने दाबी गर्नुभएको छ । डाक्टर कुमारले खोपको पहिलो चरण पूरा भएको र दोस्रो र तेस्रो चरणको परीक्षण चाँडै शुरु हुने बताउनुभएको खबरमा उल्लेख छ । आईआईएलले डेङ्गीबाहेक अहिले जिका भाइरस र क्यासानुर फरेस्ट रोग (केएफडी) विरुद्धका खोप पनि विकास गरिरहेको छ ।

भारतीय इम्युनोलोजिकल लिमिटेड (आईआईएल) केन्द्रीय मत्स्यपालन, पशुपालन र दुग्ध उत्पादन मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

एक रिपोर्टका अनुसार विश्वमा हरेक वर्ष १० कराेड जनामा डेङ्गी सङ्क्रमण पुष्टि हुने गरेकाे छ । भारतमा मात्रै बर्सेनि साढे तीन कराेड जनामा सङ्क्रमण देखिने गरेकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया