विद्युतीय गाडीको दुर्घटनापछि व्यवस्थापनको विषयमा ट्राफिक प्रहरीलाई सिप्रदीकाे विशेष प्रशिक्षण

 चैत ६, २०८० मंगलबार १८:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — विद्युतीय गाडीको दुर्घटनापछि व्यवस्थापनसम्बन्धी विषयमा ट्राफिक प्रहरीलाई विशेष प्रशिक्षण हिजोदेखि सतुङ्गलमा शुरु भएको छ । हरेक हप्ता १५ जनाको समूह बनाई चार हप्तासम्ममा प्राविधिक प्रशिक्षण चल्ने छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूमा कार्यरत विभिन्न तहका ६० जना कर्मचारीका लागि विशेष कक्षा सञ्चालन भइरहेको छ । सिप्रदी ट्रेडिङ प्रालीका प्रशिक्षकबाट विद्युतीय गाडीबारे लागेका भ्रमलाई चिर्दै नयाँ प्रविधिबारे विशेष जानकारी प्रदान गरिएको छ । साथै गाडी बिग्रेमा वा दुर्घटना भएमा सहज तरिकाले व्यवस्थापन गर्न प्रशिक्षण भइरहेको छ ।

तालिम अवधिभर इन्जिनको विशेषताबारे जानकारी दिनुका साथै गाडीका कारण सम्भावित दुर्घटना रोकथाममा विशेष टेवा पुग्ने विश्वास लिइएको छ । ‘प्रहरी मेरो साथी’ नारालाई अर्थपूर्ण बनाउँदै नागरिकलाई ट्राफिक प्रहरीले सघाउन सक्ने प्रशिक्षण कार्यक्रमबाट विश्वास गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया